इन्जिनियरिङ शिक्षा तथा पेसाको भूमिका र सुधार गर्नुपर्ने विषयहरू
विश्व प्रविधिमार्फत् विकासको उच्चतम बिन्दुतर्फ अघि बढिरहेको छ । पहिले असम्भब प्राय लाग्ने थुप्रै कुरा अब सामान्य जस्तै लाग्न थालेका छन् । यद्यपी नयाँ नयाँ आवश्यकात, चुनौति र समस्य थपिदै जाँदा विज्ञान र प्रविधिले गरेको आविष्कार र विकास अपूर्ण र अर्पाप्त बन्दै गइरहेका छन् । । आम मानिसले देख्ने, भोग्ने र महसुस गर्ने विषय भन्नु नै कुनै पनि चिजको नतिजा तथा अविस्कार मात्रै हो । नतिजा प्राप्त गर्न कति चरण पार गर्नु पर्छ र सो काममा को, कसरी संलग्न भए भन्ने बिषय प्राय गौण हुने गर्दछ । हिजोआज यस्ता कुरा झन झन कम चासोको विषय बन्ने गरेको छ । आधुनिक प्रविधि र पूर्वाधार विकाससंगै सधै जोडिने विषय भनेको इन्जिनियरिङ शिक्षा, पेसा र व्यवसाय नै हो । अति सम्पन्न राष्ट्रको सूचीमा पर्ने राष्ट्रहरुले इन्जिनियरिङ पेसालाई उच्च महत्व दिने गरेकाछन । तर हाम्रो जस्तो देशमा इन्जिनियरिङ शिक्षा, पेसाले अलि कम महत्व पाउने गरेको थुप्र्रै दृष्टान्त छन् । ADVERTISEMENT नेपालमा प्राचिनकालदेखि नै पुरातात्विक सम्पदाको निर्माण गर्दा मौलिक इन्जिनियरिङ कला, शिल्पको प्रयोग हुदैँ आएको भेटिन्छ । समयक...