How to Prepare Estimate || कसरी गर्ने ‘स्टिमेट’ तयार

सैद्धान्तिक रूपमा हासिल गरिएको ज्ञान तब मात्र पूरा हुन्छ जब हामी त्यसलाई व्यवहारमा उतार्छौँ । व्यवहार अर्थात् फिल्डमा गएर काम गर्छौं । फिल्डमा गएपछि विभिन्न किसिमको समस्याहरू आउन सक्छन् । त्यसैले त्यस्ता समस्यासँग जुध्नका लागि हामी पहिले नै तयार हुन जरुरी छ । त्यसमाथि इन्जिनियरको काम भनेको नितान्त सैद्धान्तिकभन्दा बढी व्यवहारिक हुन्छ । अर्थात् फिल्डमै काम गर्नुपर्ने हुन्छ ।

इन्जिनियररूले प्राविधिकको काम गर्ने भएकाले विकास निर्माणको कार्य गर्ने सिलसिलामा कहिलेकाहीँ गरिरहेको भन्दा भिन्न काम पनि आउन सक्छ । अर्थात् जब हामी इन्जिनियरहरू सरकारी निकायको काममा प्रवेश गर्छौं तब विकासको कामहरूमा टेन्डरिङ अथवा कुनै उपभोक्ता समिति गठन गरी काम गर्नुपर्ने हुन सक्छ ।

त्यस्तो अवस्था आएमा सबैभन्दा पहिले कुनै गाउँमा गएर उपभोक्ता समिति गठन गर्नुपर्छ । समिति गठन गरिसकेपछि प्रथम चल्ती (रनिङ) बिल पनि बनाउनुपर्ने हुन्छ । बिल बनाउन नजानेको अवस्थामा यसले धेरै समस्या निम्त्याउँछ । त्यसैले यहाँ बिल बनाउँदा कुनकुन कुरामा विशेष ध्यान दिनुपर्छ ? यस्तो बेलामा केकस्ता डकुमेन्टहरू चाहिन्छन् ? समितिमा बसेर काम गर्दा केके काम गर्नुपर्छ ? भन्नेबारे विस्तृत जानकारी राख्न जरुरी छ । तल दिइएका निम्न कुरामा ध्यान दियौं भने सजिलै काम गर्न सकिन्छ ।

कसरी गर्ने ‘स्टिमेट’ तयार 

कामको सिलसिलमा कुनै गाउँमा गइसकेपछि त्यो गाउँमा विकासमुलक कामहरू केके हुन जरुरी छ त ? सबैभन्दा पहिले हामीले त्यसको विस्तृत जानकारी राख्नुपर्छ । किनभने कुनै ठाउँमा पहिरो जान सक्छ । बाढी आउन सक्छ । यस्ता समस्यालाई समाधान (प्रोटेक्ट) गर्नका लागि केकस्ता उपयुक्त उपायहरू अपनाउन सकिन्छ भन्नेबारे सचेत हुनुपर्छ ।

यसका लागि हामीले कंक्रिटिङ गर्न सक्छौं कि अथवा रोडहरूलाई बेस सबबेस ग्राभेलहरू उपलब्ध गराउन सक्छौं कि, रिटेनिङ वालहरू उपलब्ध गराउने कि, ‘कज वे’ बनाउने कि ? जेजे उपलब्ध गराउनु छ, सुरुमा त्यसको स्टिमेट तयार पार्नुपर्छ ।

स्टिमेट तयार पार्नका लागि हामीले माइक्रोसफ्ट एक्सेलमा गएर ‘स्टिमेटिङ सिट’ बनाउनुपर्छ । जसमा ‘क्रम संख्या’,‘डिस्क्रिप्सन अफ वर्क’, ‘युनिट’, ‘नम्बर’ ‘लम्बाइ (मिटरमा)’, ‘चौडाइ (मिटरमा)’, ‘गहिराइ/उचाइ (मिटरमा)’, ‘क्वान्टिटी’ र ‘रिमाक्र्स’ राखेर बनाउनुपर्छ । यसले हामीलाई धेरै सहयोग गर्छ ।

Comments

Popular posts from this blog

सुदूरपश्चिम प्रदेश स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, चौथो तह, खानेपानी तथा सरसफाइ टेक्निसियन पदको प्रतियोगितात्मक लिखित परीक्षा

Load Bearing Piles

सेवा :- नेपाल इञ्जिनियरिङग् ग) समूह :- सिभिल , उपसमूह:- हाइवे , श्रेणी/तह:- रा०प०अनं० प्रथम पद :- सव-इन्जिनियर , को लेखित परिक्षा को प्रश्न पत्र